आजको मौसमः यी प्रदेशमा वर्षा र हिमपातको संभावना

अर्थकागज
प्रकाशित: १३ फागुन २०८०
Image description

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ।
त्यस्तै बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको महाशाखाले बताएको छ।
सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर