तीन कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत
डौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा बुधबार तीन कम्पनीको आइपीओ सूचिकृत भएको छ । नेप्सेमा नेपाल वेयरहाउजिङ कम्पनी, चिरख्वा हाइड्रोपावर र भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओ सूचिकृत भएको हो ।
नेपाल वेयरहाउजिङ
यस कम्पनीको कम्पनीले सर्वसाधारणको लागि वितरण गरेको (सामूहिक लगानी कोष र वैदेशिक रोजगारीमा रहेका नेपाली, र कर्मचारी समेत) लाई १३ लाख ७५ हजार कित्ता, संस्थापकहरूले लगानी गरेको ५५ लाख कित्ता गरेर कुल ६८ लाख ७५ हजार कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।
कम्पनीको पहिलो कारोबारका लागि ९३ रूपैयाँ ०४ पैसादेखि अधिकतम २७९ रुपैंया १२ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘एनडब्लुसिएल’ रहेको छ ।
चिरख्वा हाइड्रोपावर
यस कम्पनीले सर्वसाधारणको लागि वितरण गरेको (सामूहिक लगानी कोष र वैदेशिक रोजगारीमा रहेका नेपाली, स्थानिय बासिन्दाहरु र कर्मचारी समेत) लाई १२ लाख कित्ता, संस्थापकहरूले लगानी गरेको २८ लाख कित्ता गरेर कुल ४० ला कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।
कम्पनीको पहिलो कारोबारका लागि १०० रूपैयाँ ०१ पैसादेखि अधिकतम ३०० रुपैंया ०३ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘सिकेएचएल’ रहेको छ ।
भिजन लुम्बिनी उर्जा कम्पनी
यस कम्पनले सर्वसाधारणको लागि वितरण गरेको (सामूहिक लगानी कोष र वैदेशिक रोजगारीमा रहेका नेपाली, स्थानिय बासिन्दाहरु र कर्मचारी समेत) लाई ३८ लाख २५ हजार कित्ता, संस्थापकहरूले लगानी गरेको १ करोड ५३ लाख कित्ता गरेर कुल १ करोड ९१ लाख २५ हजार कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।
कम्पनीको पहिलो कारोबारका लागि १२८ रूपैयाँ ७८ पैसादेखि अधिकतम ३६५ रुपैंया ३४ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘भिएलयुसिएल’ रहेको छ ।
Shares