कति छ आज डलरको मूल्य ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अस्ट्रेलियन डलर, पाउन्डसहितका केही विदेशी मुद्राको मूल्य बढेको छ। तर, कुबेती दिनार, युरोसहितका केही मुद्राको मूल्य भने घटेको छ। अमेरिकी डलर, बहराइन दिनारसहित कतिपय विदेशी मुद्राको विनियमदर भने हिजोकै यथावत छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ३० पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनियमदर यही थियो। गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ५० रुपैयाँ २६ पैसा र बिक्रीदर १ सय ५० रुपैयाँ ९१ पैसा कायम भएको छ। हिजो युरोपियन युरो १ को खरिददर १ सय ५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ १४ पैसा थियो। यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७९ रुपैयाँ २२ पैसा र बिक्रीदर १ सय ८० रुपैयाँ छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७९ रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय ७९ रुपैयाँ ९५ पैसा थियो। त्यसैगरि आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४० पैसा र बिक्रीदर ८७ रुपैयाँ ७८ पैसा थियो। आज कुबेती दिनार १ को खरिददर ४ सय ५० रुपैयाँ ११ पैसा र बिक्रीदर ४ सय ५२ रुपैयाँ ०५ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४ सय ५० रुपैयाँ २५ पैसा र बिक्रीदर ४ सय ५२ रुपैयाँ २० पैसा थियो। त्यसैगरि बहराइन दिनार १ को खरिददर ३ सय ६७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३ सय ६९ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ। हिजो पनि बहराइन दिनारको विनियमदर यही थियो। यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।
Shares