नेक्सजेनको साधारण सभा सम्पन्न,नाम परिवर्तन र नयाँ संचालक मन‍ोनयन

अर्थकागज
प्रकाशित: १९ असोज २०८१
Image description

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सको आश्विन १९ गते सातौ बार्षिक साधारण सभा सम्पन्न भएको छ।होटल एलो पगोडामा भएको सभाको अध्यक्षता कम्पनिका अध्यक्ष रमेश कुमार भट्टराईले गरेका थिए।  सभाले आ.ब.२०८०/८१को बित्तिय बिबरण पास गर्दै शेयर धनिहरुलाई ५ प्रतिशत नगद लाभाशं बितरणको प्रस्ताव पनि पारित गरेको छ।           सभामा कंपनिको नाम परिवर्तन गरि" नेक्सजेन म्यानेजमेन्ट एण्ड ईक्विटि सोलुसन्स प्रा लि " राख्ने निर्णय भएको छ। कंपनिले भबिष्यमा नियमक निकायको स्वीकृति लिएर पोर्टफोलियो म्यानेजमेन्ट तथा प्राईभेट ईक्विटि र भेन्चर क्यापिटलको काम समेत गर्ने योजना बनाएको छ।त्यसैले पुजिं वृद्धि र समान प्रकृतिका कंपनिहरु मर्जर गर्ने निर्णय गरेको छ।       साथै सोही सभाले आगामि चार बर्षको लागि देबेन्द्र प्रताप शाह, रमेश कुमार भट्टराई, बलराम बिष्ट, अजय कुमार मिश्र र शिवराज( माधव) दवाडि लाई संचालकमा निर्बिरोध मनोनयन गरेको छ।       

संचालकको मनोनयन पछि सभामा नै संचालकहरुले एक मतले अध्यक्षमा देबेन्द्र प्रताप शाहलाई र रमेश कुमार भट्टराईलाई प्रबन्ध संचालकमा मनोनयन गर्ने घोषणा गरेको थियो।साधारण सभामा २९ जना शेयरधनि मध्ये २१ जनाको उपस्थिति रहेको रहेको थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर