आज ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, कसको कति लाभांश र कहिले साधारणसभा ?

अर्थकागज
प्रकाशित: १९ पुस २०८०
Image description

काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यि तीन कम्पनीले भोली अर्थात पुष १९ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्मका सेयरधनीले मात्र लाभांश र साधारणसभामा भाग लिन पाउने छन् ।

बोटलर्स नेपाल (तराई) ले पुस २७ गते सोल्टि होटल, काठमाडौंमा दिउँसो १२ बजे साधारणसभा बोलाएको छ । कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई ६० प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

त्यसै गरी श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट ५.०५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

त्यसै गरी मन्दाकिनी हाइड्रोपावरले पुस २९ गते फुडल्यान्ड एन्ड ब्यांक्वेट बत्तिसपुतली काठमाडौंमा बिहान ११ बजे साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर