दोल्ती पावर कम्पनी घाटामा, ईपिएस ९.६२ रुपैयाँ ऋणात्मक

अर्थकागज
प्रकाशित: ३२ साउन २०८१
Image description

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनी नोक्सानीमा देखिएको छ ।

असार मसान्तसम्ममा हाइड्रोपावरले बिद्युत बिक्रिबाट ७ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.९८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा हाइड्रोपावरको यस्तो आम्दानी ८ करोड ७ हजार रुपैयाँ थियो।

समिक्षा अवधिमा कम्पनी ५ करोड १५ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी ९ करोड ९ लाख रुपैयाँ खुद नोक्सानीमा थियो ।

चुक्ता पूँजी ५३ करोड ६३ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ १९ करोड ५६ लाख रुपैयाँ ऋणात्मक रहेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ६२ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ६३ रुपैयाँ ५२ पैसा रहेको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर