फागुन २ गतेदेखि हकप्रद निष्काशन गर्दै सिंगटी हाइड्रो

अर्थकागज
प्रकाशित: ११ माघ २०८०
Image description

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले फागुन २ गतेदेखि हकप्रद शेयर ्बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद सेयर बिक्रि गर्न लागेको हो ।

कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । हकप्रद प्रयोजनार्थ कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो त्यसैले अनुसार पुस १९ गतेसम्ममा सेयर खरिद गरेका सेयरधनीहरुले मात्र सो हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा फागुन २२ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर