दसैंको दक्षिणा जम्मा गर्नुस्, २० वटा कम्पनीको १०० रुपैयाँमै आईपीओ भर्नुस् !
काठमाडौँ । यतिबेला नेपालीहरुले महान चाड वडा दसैँ हर्ष उल्लासका साथ मनाईरहेका छन् । दसैं भन्ने बितिक्कै रमाइलो, भेटघाट र मेजमानी त हुने भईहाल्यो यसका अलावा दसैँको अको रमाइलो पाटो हो आर्शिवाद र दक्षिणा । दसैँमा ठूलाबडाको हातबाट टिका र जमरा लगाई आर्शिवाद लिने परम्परा छ । टीकासँगै दक्षिणा पनि दिने गरिन्छ ।
दसैँको दक्षिणा कसैले घुमेर सक्क्याउँछन् कसैले खाएर अनि कोहीकोहीले भने दसैँको दक्षिणा अझै बढाउँछन् लगानी गरेर । दसैँको दक्षिणा लगानी गरेर सदुपयोग गर्न सके त्यो लगानी पछि बढेर अर्को ठाउँमा लगानी बढाउन सकिन्छ ।
दसैँको दक्षिणा के मा लगानी गर्ने भनेर सोच्दै हुनुहुन्छ ? त्यसो हो भने एउटा उपयुक्त ठाउँ हुन सक्छ सेयर बजार । सेयर बजारमा थोरै रकम पनि लगानी गर्न सकिने हुनाले दसैँको दक्षिणा धेरथोर जेजति हुनेले पनि यहाँ लगानी गर्न सक्दछन् । प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ भरेर हजारौं रुपैयाँ आम्दानी गर्न सकिन्छ । आईपीओ कै कुरा गर्नुपर्दा यतिबेला २० वटा कम्पनी आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनको पाइपलाइनमा रहेका छन् । निकट भविष्यमा नै यी कम्पनीहरुले सर्वसाधारणसहितका लागि आईपीओ निष्कासन गर्नेछन् । तपाईँहरुले दसैको दक्षिणा जम्मा गरेर यी कम्पनीहरुको आईपीओ भर्न सक्नुहुनेछ ।
हेर्नुस् कुनको कति ?
प्रतिक्रियाहरू
purna prasad timilsena
2 years ago
Ok
Dil Bahadur ghalan
2 years ago
IPO धेरै राम्रो सुबिधा हो।
Shares