शुक्रबार मौद्रिक नीतिको समिक्षा आउँदै

अर्थकागज
प्रकाशित: १९ मंसिर २०८०
Image description

काठमाडौं । नेपाल नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीतिको पहिलो समिक्षा आउने बताएका छन् ।

बुधबार अर्थ समितिको बैठकलाई सम्बोधन गर्दै राष्ट्र बैंकका गभर्नर अधिकारीले यस्तो बताएका हुन् । गभर्नरका अनुसार मौद्रिक नीति समीक्षाको लागि तयारी पुरा भैसकेको छ । अर्थ सचिव बाहिर भएका कारण मौद्रिक नीति समिक्षा सर्वाजनिक गर्न ढिला भएको गभर्नर अधिकारीले बताएका छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर