नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओमा लगानीकर्ताको ओइरो, पहिलो दिनमै माग भन्दा तीन गुणा बढीको आवेदन
प्रकाशित:
०९ मंसिर २०८०
काठमाडौं । आज अर्थात मंसिर १० गतेदेखि बिक्री खुला भएको नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओमा पहिलो दिन मै माग भन्दा तीन गुणा बढीको आवेदन परेको छ ।
सिडिएससीको पछिल्लो विवरण अनुसार लाख १७ हजार ३ सय ८६ जना आवेदकबाट ३४ लाख ८५ हजार ६ सय ७० कित्ताका लागि आवेदन परेको छ । यो माग भन्दा तीन गुणा बढी आवेदन हो । आवेदनको संख्या अझै बढ्ने आवेदन देखिन्छ ।
कम्पनीले १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि,सामूहिक लगानी कोष र कर्मचारीका लागि सेयर बिक्री गरी बाँडफाँट गरिसकेको छ । यस आईपीओमा मंसिर १३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा आइपीओ बिक्री नभएमा मंसिर २४ गतेसम्म बिक्री खुला रहनेछ । यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कहाँबाट आवेदन दिने ?
यस कम्पनीको आईपीओमा लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट लिमिटेडले आईपीओलाई आइआरएन बीबी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्छ । यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल लिमिटेडले गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares