मेरो माइक्रोफाइनान्सको नाफामा ३६२ प्रतिशतको उछाल, लाभांश क्षमता करिब १५ प्रतिशत
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संथा लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा संथाको खुद नाफामा उछाल देखियको छ ।
असार मसान्तसम्ममा संथाले २१ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६२.५२ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाको यस्तो नाफा ४ लाख ७४ हजार रुपैयाँमा सिमित थियो। यो अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी १४.०६ प्रतिशत बढेको छ भने सञ्चालन नाफा ३५२.७४ प्रतिशतले बढेको छ।
समिक्षा अवधिमा लघुवित्तले १९ करोड ६२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ। त्यस्तै, लघुवित्तको वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८७ पैसा रहेको छ।
नाफासँगै संस्थाको प्रतिशेयर आम्दानीमा पनि वृद्धि आयको छ। समीक्षा अवधिमा संस्थाको यस्तो आम्दानी बढेर १६ रुपैयाँ ६३ पैसा पुगेको छ। असार मसान्तसम्ममा संस्थाको प्रतिशेयर नेटवर्थ १६० रुपेयाँ ५३ पैसा रहेको छ ।
१ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८४ करोड ४५ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको निक्षेप तथा सापटी २।११ प्रतिशत र कर्जा ०।४८ प्रतिशत घटेको छ।
Shares