सिटिजन्स बैंकमा कसको कति सेयर ? पाण्डे समूहको ठूला हिस्सा, यी हुन् शीर्ष २९ सेयरधनीहरू
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ०.५ प्रतिशत वा सो भन्दा धेरै सेयर स्वामित्व हुने सेयर सदस्यहरु २९ वटा रहेका छ । जसमा विभिन्न संस्था र व्यक्ति रहेका छन् । बैंकको बार्षिक प्रतिवेदन २०८२/८३ को अनुसार ठूला २९ जना व्यक्ति तथा संस्थाको बैंकको सेयर कुल हिस्सेदारी २७.४४ प्रतिशत रहेको छ । बैंकमा सबैभन्दा ठूलो सेयरधनीका रूपमा नागरिक लगानी कोष रहेको छ । कोषको बैंकमा कुल ५१ लाख ९६ हजार ९६४.१९ कित्ता अर्थात ३.३५ प्रतिशत सेयर रहेको छ । जसको चुक्ता रकम ५१ करोड ९६ लाख ९६ हजार ४१९ रुपैयाँ बराबर छ।
शीर्ष सेयरधनीहरूको सूची र उनीहरूको हिस्सेदारीः
नागरिक लगानी कोषः ५१ लाख ९६ हजार ९६४.१९ कित्ता (३.३५%)
मनोहर दास मूलः २१ लाख २५ हजार ८८०.६६ कित्ता (१.३७%)
विजेन्द्र जोशीः २१ लाख ९ हजार १२.९८ कित्ता (१.३५%)
दिग्विजय विष्टः २० लाख १७ हजार ९७६.०१ कित्ता (१.३०%)
तारा विष्टः २० लाख १३ हजार ११३.४५ कित्ता (१.३०%)
पवित्र कुमार कार्कीः १९ लाख ८६ हजार ९४५.८४ कित्ता (१.२८%)
रविन्द्र मान सिंह प्रधानः १९ लाख ८० हजार ६२७.७४ कित्ता (१.२८%)
सावित्री शर्माः १८ लाख ३५ हजार ८८४.६५ कित्ता (१.१८%)
रमेश शर्माः १५ लाख ८४ हजार ५१०.०१ कित्ता (१.०२%)
प्रदीप जंग पाण्डेः १५ लाख २२ हजार ७०९.१२ कित्ता (०.९८%)
यस्तै, प्रज्ज्वल जंग पाण्डे (०.९६%), प्रताप जंग पाण्डे (०.९६%), र प्रबल जंग पाण्डे (०.९६%) लगायत पाण्डे समूहको पनि बैंकमा ठूलो सेयर लगानी रहेको देखिन्छ। संस्थागत लगानीकर्ताका रूपमा एस. आर. हाइड्रो एण्ड इन्भेष्टमेन्ट प्रा.लि. को ८ लाख ६ हजार ४९४.४२ कित्ता (०.५२%) सेयर रहेको छ।
०.५ प्रतिशतभन्दा बढी सेयर धारण गर्ने प्रमुख साधारण शेयरधनीहरू
Shares