एनएलजी इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम अवसर
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका आज(कार्तिक २६ गते सोमबार) सम्म कायम सेयरधनीहरुले मात्र ६२ प्रतिशत लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले हकप्रद प्रयोजनाका लागि भोलि कार्तिक २७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएकाले आज कार्तिक २६ गते गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.६२५६ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको थियो । कम्पनीले ९६ करोड ३१ लाख २२ हजार रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको हो ।
कम्पनीको हकप्रदमा लगानीकर्ताले मंसिर ११ गतेदेखि पुस १ गते बैंकिङ्ग समयसम्ममा आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
Shares