पहिरोले बगाउँँदा त्रिशुलीमा दुईवटा यात्रुबाहक बस खस्यो, चालकसहित ६५ जना सवार
प्रकाशित:
२७ असार २०८१
नारायणघाट मुग्लिन सडक खण्डको त्रिशुली नदीमा यात्रुवाहक बस खसेको छ। भरतपुर महानगरपालिका २९ मा रहेको सिमलतालमा सडक माथिबाट आएको पहिरोले बगाउँदा दुई वटा बस त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ।
वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको र काठमाडौंदेखि गौर चल्ने यात्रुवाहक बस खसेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना यात्रु रहेका थिए ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares