स्वाबलम्बन लघुवित्तको नाफामा सामान्य गिरावट, खराब कर्जा १० प्रतिशत बढि


काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार लघुवित्तको नाफामा सामान्य गिरावट देखिएको छ ।
समिक्षा अवधिमा लघुवित्तले ११ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १.३५ प्रतिशतले कम हो । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिसम्ममा १२ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी पनि २.२७ प्रतिशतले घटेको छ त्यस्तै लघुवित्तको खुद सञ्चालन आम्दानी १.६५ प्रतिशतले घटेर १६ करोड ९० लाख रुपैयाँ पुगेको छ । लघुवित्तको खराब कर्जा १२.९८ प्रतिशतबाट घटेर १०.८८ प्रतिशत पुगेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी १० रुपैयाँ ९१ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ रहेको छ ।
Shares