प्राइम कमर्सियल बैंकको नाफामा २६७ प्रतिशतको उछाल, ईपिएस १९.४५ रुपैयाँ

अर्थकागज
प्रकाशित: २० साउन २०८१
Image description

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा बैंकको खुद नाफामा उल्लेख्य बृद्धि देखियको छ ।

असार मसान्तसम्ममा बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६७.१९ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा १ अर्ब २ करोड रुपैयाँ कमाएको थियो।

यो अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी १२.१६ प्रतिशत बढेको छ भने सञ्चालन आम्दानी पनि १७७.३१ प्रतिशतले बढेको छ। गत आर्थिक बर्षको असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १९ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर लाभांश वितरण क्षमता ६.१८ रुपैयाँ रहेको छ । ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि बृद्धि आयको छ। समीक्षा अवधिमा बैंकको ईपिएस बढेर १९ रुपैयाँ ४५ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.४० गुणा रहेको छ। 

प्रतिक्रियाहरू

सम्बन्धित खबर