आम्दानीको १० प्रतिशत आमाबुवालाई दिनैपर्ने

अर्थकागज
प्रकाशित: १९ जेठ २०८१
Image description

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ज्येष्ठ नागरिक ऐनमा सन्तानले आफ्ना बुवाआमाका लागि आम्दानीको १० प्रतिशत खर्च गर्नुपर्ने व्यवस्था गरिएको बताएकी छन् । सामुदायिक विकास तथा सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र गट्ठाघरको स्थापना दिवस एवं सामुदायिक दर्पण स्मारिका विमोचन कार्यक्रममा मन्त्री चौधरीले छिट्टै नियमावली जारी हुने बताएकी हुन् ।

उनले विधेयक समितिले ज्येष्ठ नागरिक नियमावलीको संशोधन पारित गरेको र संसद्बाट जारी हुने बताइन् । मन्त्री चौधरीले भनिन्, “सरकारले छोराछोरी वा हकवालाले आफ्नो औपचारिक वा अनौपचारिक जुनसुकै क्षेत्रबाट हुने कमाइको १० प्रतिशत रकम आफ्नो बुबा आमालाई दिनैपर्ने व्यवस्था गर्न लागेका छौँ ।” उनले विधेयक पारित भएर ऐनले दिएको अधिकार ७५३ वटै पालिकामा पठाएर कार्यान्वयनमा ल्याउने तयारीमा रहेको बताइन् । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर