विभिन्न ६ इन्टरनेट सेवा प्रदायकहरुको अनुमतिपत्र रद्द

अर्थकागज
प्रकाशित: ०१ असार २०८१
Image description

विभिन्न ७ इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको सेवा सञ्चालन अनुमतिपत्र रद्द गरिएको छ । नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणले आज आईतबार एक सूचना जारी गर्दै ७ कम्पनीको सेवा संचालन अनुमतिपत्र रद्द गरिएको जनाएको छ ।

प्राधिकरणका अनुसार प्राधिकरणबाट इन्टरनेट (इ(मेल सहितको) सेवा संचालन गर्न अनुमतिपत्र प्राप्त गरेका ७ सेवा प्रदायकहरुले दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र अनुमतिपत्र नवीकरण वापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणको लागि निवेदन पेश नगरेकोले उनिहरुको संचालन अनुमतिपत्र स्वतः रद्द गरिएको जनाएको छ ।

इन्टरनेट सेवा प्रदायकहरु बशिष्ठ केबल नेट, इन्फो नेट टेक्नोलोजी, सिम्पल इन्टेलिजेन्ट सिष्टम एण्ड इन्टरनेट, एसिया नेट कम्युनिकेशन, फास्ट स्पिड लिंक नेटवर्क, यस नेट नेपाल र मिथिला डिजिटल नेपालको लाइसेन्स रद्द गरिएको हो ।

प्राधिकरणको सूचनाः


प्रतिक्रियाहरू

सम्बन्धित खबर