हिम स्टार ऊर्जा कम्पनीको आईपीओमा आवेदन दिने समय ११ बजे नै बन्द !
काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ आज ११ बजेर ५ मिनेटमा बन्द भएको छ । बैंक समय १ बजेसम्म भएपनि ११ बजै नै बन्द भएको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ३७ करोड ३० लाख रुपियाँको ३० प्रतिशत अर्थात् प्रतिकित्ता १०० अंकित दरका ११ करोड १९ लाख रुपियाँबराबरको ११ लाख १९ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।
जसमध्ये प्रतिकित्ता १०० अंकित दरमा १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ९३ हजार २५० कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री गरी बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, कम्पनीले १८ हजार ६५० कित्ता सेयर कर्मचारीहरुका लागि र ४६ हजार ६२५ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरी बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता सेयर भने कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको थियो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।
Shares