३६५ प्रतिशतले बढ्यो साधना लघुवित्तको नाफा, ईपिएस कति ?

अर्थकागज
प्रकाशित: २० वैशाख २०८१
Image description

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार लघुवित्तको नाफामा उल्लेख्य बृद्धि देखिएको छ ।

समिक्षा अवधिमा लघुवित्तले ६ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३६५.८५ प्रतिशतले बढि हो । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ३१ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी पनि २५.९० प्रतिशतले बढेको छ त्यस्तै लघुवित्तको खुद सञ्चालन आम्दानी ३६५.८५ प्रतिशतले बढेर ८ करोड ७४ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको खराब कर्जा ३.७७ प्रतिशतबाट बढेर ४.१ प्रतिशत पुगेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ३५ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ०८ पैसा रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर