आज १५ कम्पनीको साधारणसभा, सभा हलमा बोल्ने सेयरधनी पाउनै मुस्किल !


काठमाडौं । आज पुस २७ गते शुक्रबार १५ वटा कम्पनीले साधारणसभा बोलएको छ । प्राय एकै समयमा जुधाएर साधारणसभा बोलाउँदा सभा हलमा सेयरधनीको उपस्थिति न्यून हुने गरेको छ । त्यस माथि पनि साधारणसभामा बोल्ने सेयरधनी पाउनै मुस्किल हुने गरेको छ । सभा सम्पन्न गर्न कम्पनीलाई धेरैमा ४५ मिनेट लाग्ने गरेको छ । सेयरधनी चारै तिर बाँडिदाँ सभा हलमा एजेण्डा पारित गर्ने बेलामा कम्पनीको कर्मचारी मात्र हुने गरेको समेत देखिदै आएको छ ।
पुष मसान्तमा साधारणसभा गरिसक्नु पर्ने नियम भएतापनि पुष मसान्तको अन्तिमै सवै कम्पनीले राख्नुमा कम्पनीको चलाखी प्रष्ट देखिन्छ । सेयरधनीले कम्पनीको बारेमा नकारात्मक टिकाटिप्पणी सुन्न नपरोस, कम्पनीको व्यवस्थापनमाथि प्रश्न नगरुन, मुख्य एजेण्डाहरु सुटुक्क पास गर्न सजिलो होस् भन्ने नै हो । किन भने सेयरधनी उपस्थिति हुन भ्याउँदैनन् । सनराइज बैंकको साधारणसभा सेयरधनी उत्तम पाठकले अर्थ कागजलाई सुनाउँदै थिए-' २९ गते आफुसँग सेयर भएको २७ वटा कम्पनीको साधारणसभा छ, म कता जाने ?'
एकै समयमा एकै दिन धेरै वटा कम्पनीले साधारणसभा गर्दा सेयरधनीलाई समस्या भएको सेयरधनीले गुनासो गर्दै आईरहेका छन् । कम्पनीको बदवासी यति सम्म हुन्छ कि पुष मसान्तको अन्तिममा साधारणसभा जुधाएर क्यापिटलसँग मिली नक्कली प्राक्सी बनाई साधारणसभाको कोरम पुर्याई सभा गर्ने समेत गरेका छन् ।
अपि पावर कम्पनी
कम्पनीको साधारण सभा बानेश्वर ब्यांकेट थापागाउँ, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव गरेको छैन ।सभा प्रयोजनार्थ अपिले बुधबार पुस १८ गते बुक क्लोज गरिसकेको छ ।
कुथेली बुखरी स्मल हाइड्रोपावर
कम्पनीको सभा जर्मन होम्स हस्पिटालिटी प्रालि, गठ्ठाघरमा बिहान साढे ११ बजे सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव अघि सारेको छैन । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।साधारण सभा प्रयोजनका लागि यस कम्पनीले पुस १८ गते बुक क्लोज गरिसकेको छ ।
नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेड
कम्पनीले वार्षिक साधारण सभा एपेक्स विजनेस होटेल, सिनामंगल, एयरपोर्ट, काठमाडौंमा बिहान साढे ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ । लाभांश सम्बन्धी भने कुनै प्रस्ताव छैन । सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ ।
सामुदायिक लघुवित्त
कम्पनीको सभा होटल उग्रचण्डी, बनेपा– ७ मा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ । लाभांश सम्बन्धी भने कुनै प्रस्ताव छैन । सभा प्रयोजनका लागि संस्थाले पुस १९ गते बुक क्लोज गरिसकेको छ ।
न्यादी हाइड्रोपावर लिमिटेड
कम्पनीको सभा क्वालिटी ब्यांकेट बुद्धनगर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ ।
नाडेप लघुवित्त
लघुवित्तको सभा रानीवन प्यालेस नागार्जुन काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ । लाभांश सम्बन्धी भने कुनै प्रस्ताव छैन । सभा प्रयोजनका लागि संस्थाले पुस १९ गते बुक क्लोज गरिसकेको छ ।
फरवार्ड माइक्रोफाइनान्स
माइक्रोफाइनान्सको वार्षिक साधारण सभा दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल दुहवी, सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा यस कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुक क्लोज गरिसकेको छ ।
सपोर्ट लघुवित्त
लघुवित्तको सभा दुर्गा पार्टी प्यालेस इटहरी ४ सुनसरीमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछ । सभामा संस्थाले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद गरी कुल १६.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले पुस १६ ते बुक क्लोज गरिसकेको छ ।
मध्य भोटेकोशी लजविद्युत
कम्पनीको साधारण सभा कुण्डलिनी दरबार ब्यांकेट, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ ।
सामलिङ पावर कम्पनी
कम्पनीको सभा द ईन्ट्रान्स क्याफे, ललितपुरमा बिहान साढे १० बजेबाट सुरु हुनेछ । सभामा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
एसियन हाइड्रोपावर
हाइड्रोपावरको सभा द इन्ट्रान्स क्याफे, चाकुपाट ललितपुरमा दिउँसो १२ः३० बजेदेखि सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव गरेको छैन । सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ ।
सिक्लेस हाइड्रोपावर
हाइड्रोपावरको वार्षिक साधारण सभा आभ्या क्लब घारीपाटन १७ पोखरा कास्कीमा बिहान ११ बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको ६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते एकदिन बुक क्लोज गरिसकेको छ ।
शिवम् सिमेन्ट्स
कम्पनीको साधारण सभा राष्ट्रिय सभागृह प्रदर्शनी मार्ग, काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभामा १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । सभा प्रयोजनार्थ यसले पुस १९ गते बुक क्लोज गरिसकेको छ ।
बोटलर्स नेपाल (तराई)
कम्पनीको साधारण सभा सोल्टी होटल, काठमाडौंमा दिउँसो १२ बजेदेखि सुरु हुने छ । यसले गत वर्षको नाफाबाट लगानीकर्तालाई ६० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभा प्रयोजनका लागि यस कम्पनीले पुस २० गते बुक क्लोज गरिसकेको छ ।
बोटलर्स नेपाल (बालाजु)
बोटलर्स नेपालको साधारण सभा ४ बजे सोल्टी होटल, काठमाडौंमा सुरु हुनेछ । यसले गत वर्षको नाफाबाट लगानीकर्तालाई कुनै लाभांश प्रस्ताव गरेको छैन । सभा प्रयोजनका लागि यस कम्पनीले पुस २० गते बुक क्लोज गरिसकेको छ ।
Shares