गरिमा समृद्धि योजनाको इकाई बाँडफाँट
प्रकाशित:
१८ पुस २०८१
काठमाडौँ । गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजना ‘गरिमा समृद्धि योजना’को इकाई बाँडफाँट भएको छ । गरिमा समृद्धि योजनाको बीज पुँजीसहित प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरको १० करोड यही पुस ७ देखि ११ गतेसम्मका लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । त्यस क्रममा ९४ हजार ६८१ जनामार्फत १२ करोड १८ लाख ७८ हजार ५१० इकाईका लागि आवेदन प्राप्त भएको बताइएको छ । माग भन्दा बढी आवेदन आएकाले सामूहिक लगानी कोष निर्देशिका, २०६९ अनुसार अधिकतम २५ प्रतिशतसम्मको इकाई बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । सो योजनाको निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल रहेको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares