ग्यास अभावले बजारमा मुख देखाउन नहुने अवस्था बन्यो- रास्वपा सांसद चौलागाई
प्रकाशित:
२३ भदौ २०८३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईले ग्यास अभावका कारण बजारमा मुख देखाउन नहुने अवस्था बनेको टिप्पणी गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौलागाईले ग्यास अभावका कारण बजारमा मुख देखाउन नहुने अवस्था बनेको बताएका हुन् ।
उनले भने- हामीलाई ग्यासको हाहाकारको कारणले बजारमा अहिले मुख देखाउन नहुने अवस्था बनेको छ । सरकार के हेरेर बस्सेको छ ।'
साथै चौलागाईले मंगलबार जेनजी शहिदको नाममा आयोजना गरिएको कार्यक्रममा विवादस्पद व्यक्तिहरुलाई सहभागी गराइएकोप्रति सरकारलाई प्रश्न गरेका छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares