नयाँ स्टक एक्सचेन्ज चाहिन्छ : सन्तोषनारायण श्रेष्ठ - अध्यक्ष, नेपाल धितोपत्र बोर्ड (भिडियोसहित)

अर्थकागज
प्रकाशित: २५ असार २०८२
Image description

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्ज चाहिने बताएका छन्। । बिहीबार बसेको अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष श्रष्ठले विभिन्न अध्ययनको निष्कर्षले नयाँ स्टक चाहिने देखाएको भन्दै दोस्रो स्टक एक्सचेन्ज चाहिने बताए । उनले भने, ‘दोस्रो स्टक एक्सचेन्जको विषयमा धेरै अगाडिबाट विभिन्न चरणमा अध्ययन भएको अवस्था छ । सबै स्टडीले दोस्रो स्टक एक्सचेन्ज दिँदा हुन्छ भन्ने नै मेरो बुझाइ छ, मैले देखेको पनि त्यही हो । म आइसकेपछि सरकारबाट जे निर्देशन आएको छ, म त्यहीअनुसार अगाडि बढेको छु ।’

साथै उनले सार्वजनिक लेखा र अर्थ समितिको दुईथरी निर्देशनले आफूहरू अन्योलमा परेको बताए । उनले सार्वजनिक लेखा र अर्थ समितिको दुईथरी निर्देशनले आईपीओ स्वीकृतिमा अन्योलता भएको बताए ।

उनले भने, ‘९० भन्दा मुनि नेटवर्थ हुने कम्पनीलाई आईपीओ जारी नगर्न लेखा समितिले निर्देशन दिएको थियो । अर्थ समितिले ठीक विपरीत ९० नेटवर्थ भन्दा मुनि हुने कम्पनीलाई आईपीओ जारी गर्न निर्देशन दियो । यसरी दुई वटा समितिको कुरा बाझिँदा अन्योल भयो । दुई वटा समितिको निर्देशन यसरी आउँदा कसरी अगाडि बढ्ने ? अन्योलता सिर्जना भएको छ ।’


प्रतिक्रियाहरू

सम्बन्धित खबर