सीईडीबी हाइड्रोको लाभांश घोषणा, हकप्रद सेयर पनि जारी गर्ने

प्रकाशित:
३० भदौ २०८१

काठमाडौं । सीईडीबी हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले दुई आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर लाभांश दिने भएको हो । त्यसै गरी कम्पनीको सञ्चालक समितिको भदौ २९ गते बैठकले सेयरधनीहरूलाई लाभांशसँगै हकप्रद सेयर जारी गर्ने प्रस्तावपनि अघि सारेको छ ।
कम्पनीले बोनस सेयर जारी गरेपश्चात् चुक्ता पुँजीको ५४.५ प्रतिशत अर्थात् १ः०.५४५ अनुपातमा हकप्रद सेयर जारी गर्ने कपनीले जनाएको छ । कम्पनीले असोज २१ गते, कालिमाटी ब्याङ्क्वेट, कालिमाटी, काठमाडौँमा वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares