नोक्सानी घटाउदै जोशी हाइड्रोपावर

प्रकाशित:
०३ मंसिर २०८१

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार हाइड्रोपावरले समिक्षा अवधिमा नोक्सानी घटाएको छ ।
समिक्षा अवधिमा हाइड्रोपावर ४८ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको यसै अवधिमा हाइड्रोपावर ४ करोड ८७ लाख रुपैयाँ नोक्सानीमा थियो । कम्पनीको आयोजनाको खर्च र रायल्टी बापतको खर्च घट्दा नोक्सानी घटाएको हो ।
३७ करोड १४ लाख चुक्ता पँुजी रहेको कम्पनीको रिटेन अर्निङ १७ करोड ७९ लाख रुपैयाँले ऋणात्मक छ । असोज मसान्तसम्ममा जलबिद्युतको प्रतिसेयर आम्दानी १ रुपैयाँ २९ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ५२ रुपैयाँ ७ पैसा रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares