बुङ्गल हाइड्रोको आईपिओमा भदौ १६ गतेदेखि आवेदन दिन पाईने

अर्थकागज
प्रकाशित: ०७ भदौ २०८२
Image description

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले भदौ १६ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर(आईपिओ) निष्काशन तथा बिक्रि खुल्ला गर्ने भएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख ३० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि र बाँकी २० लाख ७५ हजार कित्ता मध्ये २ लाख ७ हजार ५०० कित्ता श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि बाँडफाँड गरे पश्चात् ५ प्रतिशत अर्थात १ लाख ३ हजार ७५० कित्ता साधारण शेयर सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात ६२ हजार २५० कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी १७ लाख १ हजार ५०० कित्ता साधारण शेयरहरु सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्न लागिएको हो ।

कम्पनीले जारी गर्ने आईपीओमा भदै १६ गतेबाट भदौं १९ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले उक्त आईपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ता सम्म आवेदन दिन सक्नेछ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर