धादिङको जहरेखेतमा पहिरो, मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध
प्रकाशित:
०७ असोज २०८३
धादिङ । मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।प्रहरीका अनुसार बिहीबार साँझ धादिङको गजुरी गाउँपालिका–६ जहरेखेतमा पहिरोसहित बिजुलीको पोल ढलेपछि दुवैतर्फ यातायात अवरुद्ध भएको हो ।
प्रहरीले अहिले पहिरो पन्छाउने तथा ढलेको विद्युत् पोल हटाउने तयारी भइरहेको जानकरी दिएको छ । सडक अवरुद्ध भएपछि मुग्लिन र काठमाडौं दुवैतर्फ जाने तथा आउने सवारीसाधन रोकिएका छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares