नेपाल बीमा प्राधिकरणको सञ्चालकमा राधा पोखरेल नियुक्त
प्रकाशित:
२९ फागुन २०८१
काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालकमा राधा कुमारी पोखरेल नियुक्त भएकी छिन्। अर्थ मन्त्रालयले अर्थमन्त्रीस्तरीय निर्णय गर्दै पोखरेललाई आज चैत १ गते देखि लागू हुने गरी आगामी चार वर्षका लागि महिला सञ्चालकमा नियुक्त गरेको हो ।
बीमा ऐन २०७९ मा प्राधिकरणमा एक जना महिला सञ्चालक हुनुपर्ने व्यवस्था रहेको छ । लामो समयसम्म प्राधिकरणमा महिला सञ्चालक नियुक्त भएको थिएन । अब भने प्राधिकरणले महिला सञ्चालक पाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares