महिला लघुवित्तको साधारणसभा आज, यस्ता छन् एजेण्डा

अर्थकागज
प्रकाशित: ०६ चैत २०८१
Image description

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेको सातौं वार्षिक साधारणसभा आज ९चैत ७ गते० बस्दैछ। सभा शंखमूलस्थित अनमोल क्याटरिङ् सर्भिस प्रा.लि. मा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले कम्पनी अन्य लघुवित्तसँग मर्जरमा जान आवश्यक सबै काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ। त्यस्तै गत आर्थिक वर्ष ९आव० को वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। सभा प्रयोजनार्थ कम्पनीले गत फागुन २५ गते १ दिन बुक क्लोज गरिसकको छ। बुक क्लोजको आधारमा फागुन २३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन्।

प्रतिक्रियाहरू

MyName

1 year ago

lQfA jYN ubZrmC

सम्बन्धित खबर