अरुण भ्यालीक हाइड्रोपावर डेभलपमेण्टका संचालकले लिए लाखौं तलव /भत्ता, कसले कति बुझे ?

अर्थकागज
प्रकाशित: २५ असोज २०८३
Image description

काठमाडौं । सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर लाभांश दिएको अरुण भ्यालीक हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका संचालक समितिले तलव /भत्ता बापत लाखौं रुपैयाँ बुझेका छन् ।

कम्पनीको आर्थिक वर्ष २०८२ ८३ को बार्षिक प्रतिवेदन अनुसार कम्पनीको संचालक समितिका अध्यक्ष जीवनराज शाक्यले १ लाख १२ हजार रुपैयाँ, प्रबन्धक संचालक रमेश न्यौपानेले ४० हजार रुपैयाँ लिएका छन् । रमेश न्यौपाने कम्पनीको प्रबन्धक समेत भएकाले उनको तलव/भत्ता कम्पनी तोकेअनुसार छुट्टै पनि लिदै आइरहेका छन् । 

त्यसै गरी संचालक मिलन खड्काले १ लाख ४० हजार रुपैयाँ तलव /भत्ता बुझेका छन् । मिलन खड्का अपि पवार कम्पनीका स्वतन्त्र संचालक पनि हुन् ।

त्यसै गरी महिला संचालक सलिना नेपालले पनि यस आर्थिक वर्षमा १ लाख ४० हजार पैयाँ तलव /भत्ता बापत बझेकी छिन् । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर