एभरेष्ट बैंकद्वारा Global Money Week- 2024 कार्यक्रम सम्पन्न

अर्थकागज
प्रकाशित: १३ चैत २०८०
Image description

काठमाडौँ । नेपाल राष्ट्र बैकको संयोजनमा विगत वर्षहरूजस्तै यस वर्ष पनि एभरेष्ट बेैंकले गत चैत ०५ देखी सप्ताहव्यापी अभियान अन्तर्गत Global Money Week – 2024 को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल/क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विधार्थीहरूमा वित्तीय शिक्षाको महत्त्व जागरण गराएको थियो ।

Protect Your Money, Secure Your Future भन्ने नाराका साथ सम्पन्न गरिएको उक्त कार्यक्रममा युवाहरूमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना गराइएको बैंकले जनाएको छ ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरू, १६४ ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व सङ्कलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर