सगरमाथा लुम्बिनी इन्स्योरेन्सको संचालकहरुको सेयर स्वामित्व कसको कति ?

अर्थकागज
प्रकाशित: २२ चैत २०८०
Image description

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड संचालकहरुमध्ये सवै भन्दा धेरै सेलिन्को इन्स्योरेन्स पिएलसीको सवै भन्दा धेरै सेयर स्वामित्व रहेको छ । पिएलसीको २९ लाख ९७ हजार ४५८ कित्ता सेयर रहेको छ । त्यसै गरी संचालक समितिको अध्यक्ष मनोहर दास मुलको १० लाख ८४ हजार ७४८ कित्ता सेयर रहेको छ । त्यसै गरी अरुण राज श्रेष्ठको २ लाख ६६ हजार ७६ कित्ता, सिद्धार्थ मणि राजभण्डारीको ३५ हजार ७१ कित्ता, कमल भट्टराईको १ हजार ४३९ कित्ता र गजेन्द्र लाल श्रेष्ठको ३१ ह्जार ५२५ कित्ता सेयर रहेको छ । त्यसै गरी स्वतन्त्र संचालक सुश्री निर्मला देवी मानन्धरको सेयर नै छैन् ।