जोशी हाइड्रोको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
प्रकाशित:
०४ असार २०८२
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज असार ५ गते अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद सेयर निष्काशनको लागि असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज असार ५ गते बिहिबारसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।
कम्पनी १:०.६५ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ६५ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँको २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।
सेयर निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्री प्रबन्धक रहेको छ। नेपाल धितोपत्र बोर्डले जेठ २६ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares