पेशागत बिमा अभिकर्ता संघ नेपाल बिमक समितिको पाँचखालमा शाखा कमिटि बिस्तार, अध्यक्षमा नविन खड्का चयन
प्रकाशित:
२१ मंसिर २०८२
काठमाडौं । पेशागत बिमा अभिकर्ता सङ्घ नेपाल, हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेडको बिमक समितिले पाँचखाल शाखा समिति गठन गरेको छ । समितिको नविन खड्का चयन भएका छन् । समितिको उपाध्यक्षमा जिवन श्रेष्ठ, सचिवमा अप्सरा ढुंगाना, कोषाध्यक्षमा शिव कुमार मिजार, सह सचिवमा रमेश दाहाल चयन भएका छन् । त्यसै गरी सदस्यहरुमा हर्ष बहादुर दनुवार, सानुबाबु दनुवार, प्रविन दुलाल, बिपिन श्रेष्ठ र इछ्याराज गिरी चयन भएका छन् ।
समिति गठन कार्यक्रममा बिमकका उपाध्यक्ष अष्ट बहादुर श्रेष्ठको प्रमुख अतिथि रहेको थियो भने बिमकका सचिव प्रल्हाद तिमिल्सिना र बिमकका सदस्यहरु निरन्जन अधिकारी, नवराज बोलखे र आशिष लामा अथिति रहेका थिए ।
नवनियुक्त समितिले आफ्नो पेशामा प्रतिबद्द र अनुसासित रहि बिमित र यस पेशामा आबद्द सबैको उचित मागप्रति सदैव आवाज उठाउने र सिंगो कम्पनिको साथै सर्वोपरि हितको निमित्त कुशल ढंगले काम गर्ने प्रदिबध्दता जनाएका छ्न ।
पेशागत बीमा अभिकर्ता संघले बीमा क्षेत्रमा अब्बलरुपमा बीमितको समस्यालाई बुलन्द रुपमा उठाउँदै आइरहेको छ । बीमितहरुको हकहितको लागि काम गर्दै आईरहेको यस पेशागत बीमा अभिकर्ता संघले बीमितहरुको अभिभावकको भूमिका निवार्ह गर्दै आईरहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares