जाल्पा सामुदायिक लघुवित्त : बलियो व्यवस्थापन, आकर्षक लाभांश क्षमता

अर्थकागज
प्रकाशित: २६ असोज २०८०
Image description

काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड दोश्रो बजारमा सूचिकृत भएको नयाँ तर सञ्चालन भएको पुरानो संस्था हो । आज हामी यहाँ संस्थाको आधारभूत पक्षहरुलाई गहिराईसम्म केलाउने प्रयास गर्नेछौँ । सुरु गरौँ संस्थाको परिचयबाट ।

लघुवित्तको परिचय

सफल संस्थाको रुपमा चिनिएको जाल्पा सामुदायिक लघुवित्तको परिचय सुरु गर्न र संस्थाको सुरुवाती अवस्था बुझ्न ३ दशक अघि पुग्नुपर्छ । यो संस्था सामुदायिक संस्थाबाट सुरु भएर वित्तीय संस्था बनेको हो ।

यो संस्था सामुदायिक संस्थाबाट सुरु भएर वित्तीय संस्था बनेको हो । कलेज पढिरहेका दिदीबहिनी मिलेर नेपाल महिला सामुदायिक सेवा केन्द्र खोलेका थिए । दाङमा स्थापना भएको उक्त सामाजिक संस्थाको संस्थापक अध्यक्ष बिमला योगी आफैँ भएकी थिइन् । संस्था दर्ता भने २०५० सालमा भएको थियो ।

सामुदायिक संस्था रहँदा सदस्यहरुबाट मासिक १० रुपैयाँ बचत गर्ने गरिएको थियो । त्यति बचतबाट उद्यमशीलताका लागि कसैलाई रकम दिन पुग्दैनथ्यो । सामाजिक संस्थाले व्यावसायिक कारोबार गर्न पनि मिल्दैनथ्यो । त्यसैले उनीहरु लघुवित्त कारोबार गर्न स्वीकृतिका लागि राष्ट्र बैंक पुगेका थिए । त्यसरी संस्थाले २०६० सालबाट लघुवित्तको काम थालेको थियो ।

सृजना विकास केन्द्र, पोखरा, कास्कीद्वारा नेपाल राष्ट्र बैंकको स्वीकृतिमा वि.सं. २०६० सालबाट सृजना बैंकिङ्ग कार्यक्रमको नामबाट प्रारम्भ गरिएको लघुवित्त कार्यक्रम करिब १५ वर्ष पछि नेपाल राष्ट्र बैंकको स्वीकृतिमा रुपान्तरण भई जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको रुपमा स्थापना भएको र नेपाल महिला सामुदायिक सेवा केन्द्र, घोराही, दाङ्गद्वारा नेपाल राष्ट्र बैंकको स्वीकृतिमा वि.सं. २०६० सालबाट लघुवित्त कार्यक्रम प्रारम्भ गरी करिब १५ वर्ष पछि नेपाल राष्ट्र बैंकको स्वीकृतिमा रुपान्तरण भई महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको रुपमा स्थापना भएको दुई संस्थाहरु बीच मर्जर भई मिति २०७७ मंसिर १६ गते देखि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट औपचारिक रुपमा एकिकृत कारोबारको शुभारम्भ गरी हाल देशका २९ वटा जिल्लाहरुमा ९९ शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रवाह गर्दै आईरहेको छ।


लघुवित्तको सेयर संरचना

संस्थाको सेयर स्वामित्वको कुरा गर्नुपर्दा संस्थाको सेयर संरचना ६७.३७५ : ३२.६२५ को अनुपातमा रहेको छ । जसमध्ये, ६७.३७५ प्रतिशत संस्थापक समूहको लगानी रहेको छ भने बाँकी ३२.६२५ प्रतिशतमा सर्वसाधारणले लगानी गरेका छन् ।

सेयर संरचनाको विस्तृत विवरण तलको तस्विरमा हेर्न सकिन्छ :


संस्थाको वित्तीय अवस्था नियालौँ

संस्थाको वित्तीय अवस्थाको बारेमा कुरा गर्नुपर्दा संस्थाले अपडेटेड वित्तीय अवस्था गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणबाट हेर्न सकिन्छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा जाल्पा सामुदायिक लघुवित्त ११ करोड २४ लाख ५२ हजार रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड ६१ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको र खराब कर्जा बढेकाले खुद नाफा प्रभावित भएको हो ।खुद ब्याज आम्दानी ११.९२ प्रतिशतले घटेर ३१ करोड १७ लाख ७२ हजार रुपैयाँमा सीमित भएको छ । यसअवधिमा जाल्पा सामुदायिकले १५ करोड १७ लाख ७८ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोर्न परेको छ । खराब कर्जा ५.६५ प्रतिशतले बढेर ८.३९ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी ६१ रुपैयाँ ५२ पैसा ऋणात्मक छ ।

सेयर बजारमा जाल्पा लघुवित्त

सेयर बजारमा जाल्पा लघुवित्तको स्थानको चर्चा गर्नुपर्दा नेपाल स्टक एक्सचेञ्जमा संस्थाको १८ लाख २८ हजार कित्ता सेयर सूचिकृत छ । हिजो असोज २६ गते, बिहीबारको कारोबार अनुसार नेप्सेमा यस लघुवित्तको सेयरमूल्य एक हजार ५४ रूपैयाँ रहेको छ । लघुवित्तको सेयर एक वर्षयता अधिकतम ३ हजार ७ सय ७० रूपैयाँ र न्युनतम एक हजार ३७ रूपैयाँमा कारोबार भएको छ ।

लघुवित्तको पछिल्लो १८० दिनको औषत मूल्य १८ सय ४८ रूपैयाँ ८२ पैसा रहेको छ । यस्तै, लघुवित्तको पछिल्लो १२० दिनको औषत मूल्य १४ सय ३३ रूपैयाँ ६७ पैसा रहेको छ । लघुवित्तको औषत मूल्यलाई आधार मानेर हेर्दा कम्पनीको सेयरमूल्य हाल घटेको छ ।


लघुवित्तको लाभांश इतिहास

दोश्रो बजारमा लघुवित्तको कारोबार सुरु भएको डेढ वर्ष मात्रै भयो । पहिलो वर्ष नै यस लघुवित्तले लगानीकर्ताहरुलाई बम्पर लाभांश घोषणा गरेको थियो । तर संस्थाले घोषणा गरेको लाभांशमा राष्ट्र बैंकले कैँची चलायो ।

आर्थिक वर्ष २०७८र७९ मा संस्थाले आफ्ना लगानीकर्ताहरुलाई ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । पछि नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संशोधन गरेर सेयरधनीलाई चुक्ता पुँजी १६ करोडको १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत लाभांश गरी कुल १५ प्रतिशत मात्रै लाभांश वितरण गर्याे ।

व्यवस्थापकीय पक्ष

कुनै पनि कम्पनी कस्तो हो, कस्तो छ र कस्तो थियो भन्ने कुराको गहिराई बुझ्न उक्त कम्पनीको व्यवस्थापकीय पक्ष केलाउनु जरुरी हुन्छ । व्यवस्थापकीय पक्ष अर्थात् कम्पनीको व्यवस्थापन । कम्पनीको हरेक राम्रा तथा नराम्रा अवस्थाहरूमा व्यवस्थापकीय पक्षको ठूलो भुमिका हुने गर्दछ ।

जाल्पा लघुवित्तको व्यवस्थापनको कुरा गर्नुपर्दा संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बिमला योगी छिन् । स्थापना कालदेखि आजको दिनसम्म जाल्पा लघुवित्तलाई यो स्थानमा ल्याउन उनको विशेष भूमिका र योगदान रहेको छ ।

यस्तै, संस्थाको अध्यक्षमा बिर बहादुर अधिकारी रहेका छन् । यता संस्थाको सञ्चालकमा संस्थापक समूहको तर्फबाट अर्जुन श्रेष्ठ, गीता कुमारी योगी गिरी र सुष्मा गौतम रहेका छन् । त्यस्तै, सर्वसाधारण समूहबाट सञ्चालकमा श्री कृष्ण तिवारी र मनिष अर्याल रहेका छन् ।


समग्रमा : जाल्पा लघुवित्तमा लगानी कति सुरक्षित ?

समग्रमा जाल्पा लघुवित्तलाई हेर्दा जाल्पा लघुवित्त लगानीकर्ताहरुको रोजाईमा पर्ने लघुवित्त हो । यस लघुवित्तको व्यवस्थापन र वित्तीय पक्ष पनि बलियो छ ।

हाल लघुवित्तको मूल्य आम्दानी अनुपात (पीई रेसियो) १७.१३ गुणा रहेको छ । सामान्यतय १५ भन्दा कम पीई भएका कम्पनीहरू लगानीका लागि राम्रो मानिन्छ । २० भन्दा कम पीई रेसियो भएका कम्पनीहरु पनि लगानीका लागि सुुरक्षित मानिन्छ । पीई रेसियोको आधारमा हेर्दा पनि जाल्पा लघुवित्तमा गरिने लगानी सुरक्षित देखिन्छ ।

हामीले लगानी गर्दा एउटा पक्षको आधारमा मात्र गर्नु हुँदैन । लगानी गर्दा कम्पनीका विभिन्न पक्षहरूलाई राम्ररी केलाएर मात्र लगानी गर्नुपर्दछ । जाल्पा लघुवित्तको विभिन्न पक्ष केलाउँदा कम्पनीमा गरिने लगानी दीर्घकालिन रूपमा सुरक्षित देखिन्छ । यस लघुवित्तले लगानीकर्ताहरुलाई आकर्षक रिटर्न (प्रतिफल) दिन सक्ने क्षमता छ । महिला लघुवित्तको सेयरमूल्य पनि अहिले सस्तो भएको छ । सेयरमूल्य सस्तिएको बेला लगानी गर्न चाहाने लगानीकर्ताहरुलाई अहिले यो संस्थामा गरिने लगानी पनि सुरक्षित देखिन्छ ।

यद्यपी हामीले कम्पनीको समग्र अवस्था हेरेर विश्लेषण गर्ने हो यो कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने विषयमा नितान्त रुपमा लगानीकर्ताहरुको स्वविवेकमा निर्भर रहन्छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर