महालक्ष्मी विकास बैंकको सिईओ दिपेश लम्सालको तलव/भत्ता १ करोड १६ लाखमाथि, संचालकले बैठक भत्ता कति बुझे ?

अर्थकागज
प्रकाशित: २३ पुस २०८१
Image description

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड आर्थिक वर्ष २०८०/ ८१ मा प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई तलव/भत्तामा १ करोड १६ लाख ९२ लाख ४२६ रुपैयाँ खर्च गरेको छ । बैंकको सिईओमा दिपेश लम्साल रहेका छन् । बार्षिक प्रतिवेदन अनुसार बैंकले सिईओ लम्साललाई तलव ४८ लाख ७ हजार ७५९ रुपैयाँ, संचय कोषमा ४ लाख ८० हजार ७७५.८६ रुपैयाँ, दशैं भत्ता ७ लाख १५ हजार रुपैयाँ, भत्ता ४२ लाख ३३ हजार ५८१ रुपैयाँ र कर्मचारी बोनस १४ लाख ५५ हजार ३१० रुपैयाँ खर्च गरेको छ ।

त्यसै गरी बैंकले व्यवस्थापनका अन्य पदाधिकारीहरुलाई १ करोड २ लाख ४६ हजार ४३४ रुपैयाँ खर्च गरेको छ । बैंकबाट संचालकहरुले यस आर्थिक वर्षमा बैठक भत्ता ३९ लाख २४ हजार रुपैयाँ बुझेका छन् । संचालक समितिको अध्यक्षले प्रति बैठक १२ हजार रुपैयाँ र संचालकहरुले प्रति बैठक ११ हजार रुपैयाँ लिएका छन् । बैंकको संचालक समितिको अध्यक्षमा राजेश उपाध्याय रहेका छन् । बैंकको २३ औं बार्षिक साधारणसभामा संचालकहरुको बैठक भत्ता बढाउने प्रस्ताव अघि सारेको छ । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर