सेयर बजार लगातार घटेसँगै कारोबार रकममा पनि गिरावट

अर्थकागज
प्रकाशित: ०८ असोज २०८०
Image description

काठमाडौं । साताको दोस्रो दिन (आज) सोमबार पनि सेयर बजारमा गिरावट आएको छ ।

साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको सेयर बजार आज ५.८९ अंकले घटेर २००४.४५ बिन्दुमा कायम भएको छ ।

आज बजारमा १ अर्ब ५६ करोड ५५ लाख ७३ हजार ४७१ रुपैयाँको कारोबार हुँदा ६५ लाख १६ हजार ६ कित्ता सेयरको खरिदबिक्री भएको हो । अघिल्लो कारोबारका तुलनामा आज कारोबार रकममा गिरावट आएको छ ।जहाँ अघिल्लो दिन आइतबार मात्रै २ अर्ब बढिको कारोबार भएको थियो ।

आज सुभम पावर लिमिटेड र थ्रि स्टार हाइड्रोपावर लिमिटेडले नाकारात्मक सकिर्टका सार्थ सर्वाधिक गुमाएका छन् । माइखोला हाइड्रोपाावर लिमिटेर सकारात्मक सकिर्टका सार्थ सर्वाधिक नाफामा रहेको छ ।

त्यसैगरी कारोबारका आधारमा सन लाईफ नेपाल इन्स्योरेन्स कम्पानी ७ करोड ६८ लाख ९६ हजार रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर