पुलको पिल्लर बाङगियो भत्काउनु पर्ने प्राविधिकको ठहर

माधव पोखरेल
प्रकाशित: ०९ असार २०८१
Image description

उदयपुर । सुनकोशी नदीस्थित उदयपुर र खोटाङ जोड्ने धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको पिल्लर बाङ्गिएपछि भत्काउनु पर्ने ठहर प्राविधिकले गरेका छन ।

निर्माणाधिन पुलको खोटाङपट्टिको पिल्लर बाङ्गिएपछि अध्ययन गर्न खोटाङ्ग पुगेको पुल सेक्टर कार्यालय धरानका ईन्जिनियर सहितको टोलीले उक्त ठहर गरेको हो ।

गत हप्ताको बाढीले खोटाङको वराहपोखरी गाउँपालिका–२, सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४, साउने जोड्ने धाप्लाङस्थित पुलको पिल्लर नदीतर्फ ढल्किएको थियो ।

पुलको पिल्लर ढल्किएको भन्ने समाचार माध्यममा प्रकाशित भएपछि पुल सेक्टर कार्यालय धरानको ईन्जिनियरको टोली स्थलगत अध्ययनमा पुगेको छ ।खोटाङ्ग जिल्लाका प्रदेश सांसद भुपेन्द्र राई सहित पुल निर्माण स्थल पुगेका टोलीले पुलको पिल्लर नदितर्फ ढल्लेको जनाएको छ ।अहिलेको संरचनाले काम नगर्ने र भत्काएर नयाँ बनाउने विकल्प नरहेको पुल सेक्टर धरानका ईन्जिनियर आविस्कार तिम्सिना बताउनु भयो ।

ईन्जिनियर तिम्सिनाले पुरानो डिजाईनमा भएको त्रृटीको कारण पुलको पिल्लर ढल्केको जानकारी दिनु भयो । माटो परिक्षण गर्दाको त्रृटीको कारण पिल्लरको बेसमा ढुङ्गा नभएको कारण पिल्लर बाङ्गीएको हुन सक्ने ईन्जिनियरको भनाई छ ।

निर्माण कम्पनी रसुवा स्वच्छन्द पप्पु जेभी काठमाडौँका ठेकेदारको गैरजिम्मेवारीका कारण पाँच वर्ष पहिले नै अर्थात् २०७६ साल असार मसान्तमा निर्माण सम्पन्न भई सञ्चालनमा आउनुपर्ने सो पुल हालसम्म पनि बन्न सकेको छैन । सो निर्माण कम्पनीले २२ करोड २५ लाख रुपियाँमा सम्झौता भएको मितिदेखि ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी पुल योजना पूर्वी क्षेत्र सेक्टर नं. १ धरानसँग २०७३ साल असार ३० गते सम्झौता गरेको हो ।

दुवैपट्टि फुटपाथसहित १० मिटर चौडाइ र ४० मिटर लम्बाइका पाँच वटा स्पानसहित दुई सय मिटर लम्बाइ रहेको र जगको किसिम ओपेन वेल फाउन्डेसन भएको पुलको हालसम्म वारि र पारि दुई किनारमा एक÷एक वटा पिल्लर बनाउनेभन्दा अरू कुनै काम हुन सकेको छैन । वर्षा सुरु नहुँदै नदीको बहावले कटान गरेपछि खम्बा बाङ्गिँदै गएको स्थानीयवासीले बताए । निर्माण कम्पनीले ठेक्का लिएको पुल तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ साल भदौ ३१ गते शिलान्यास गर्नुभएको थियो ।

२०७६ सालमा निर्माण सम्पन्न हुने गरी सम्झौता भएको पुलको काम नभएपछि सम्बन्धित कार्यालयले निर्माण कम्पनीलाई कालो सूचीमा राखेर आवश्यक कारबाही अगाडि बढाउने तयारी गरेपछि पुनः २०८० साल फागुन २८ गतेदेखि डिजाइन परिवर्तन गरेर

‘पाइल’ फाउन्डेसनको काम भइरहेको छ । त्यही ‘पाइल’ फाउन्डेसन बनाउने क्रममा खोटाङतर्फ फर्काइएको नदीको बहावले कटान गरेपछि पहिले निर्माण गरिएको पिल्लर बाङ्गिएको वराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जाराले बताउनुभयो । स्थानीय धाप्लाङघाटका मानवहादुर माझी भन्नुहुन्छ, “पिल्लरको माथिल्लो भागको माटो नदी कटानमा परेपछि नदीतिर ढल्किँदै गएको छ । कति बेला ढल्ने हो भन्ने अवस्थामा पुगेको छ ।

सडक विभाग पुल सेक्टर धरान, सुनसरीका योजनाका प्रमुख इन्जिनियर दारोगा प्रसादले भने पुलको खम्बा बाङ्गिएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । सुरुमा यहाँ ‘वेल’ फाउन्डेसन प्रविधिको पुल बनाउने ठेक्का सम्झौता भएको थियो । शिलान्यास गरेको सात वर्षपछि गत वर्ष ‘पाइल’ फाउन्डेसन प्रविधिको पुल बनाउने गरी डिजाइन परिवर्तन गरिएको हो ।

निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गिएपछि गुणस्तरमा समेत प्रश्न उठेको छ । धाप्लाङघाटमा पक्की पुल नहुँदा सबैभन्दा बढी कृषि उपज लोड अनलोड गर्दा किसानले व्ययभार खेप्न बाध्य छन् । त्यसो त भोजपुरको आमचोक गाउँपालिका र उदयपुरको रानीटार जोड्ने सोही प्रकृतिको अर्को पुल पनि निर्माण हुन सकेको छैन । उति नै लागतमा सम्पन्न गर्ने गरी रसुवा स्वच्छन्द पप्पु जेभीले एउटै ठेक्कामार्फत दुई वटा पुल निर्माणको जिम्मा लिएको थियो ।

प्रतिक्रियाहरू

Er Daroga Prasad

1 year ago

योजना प्रमुखले नै साइटको अवस्था बुझिनको लागि कार्यालयको सम्बन्धित इन्जिनियरलाई पठाएको र योजना प्रमुखलाई नै सोको बारेमा थाहा नहुनु कस्तो द्विधापूरक पत्रकारिता हो ?

सम्बन्धित खबर