दरमखोला हाइड्रो इनर्जीको आईपीओ प्रिअलटमेन्ट, बिहीबार बाँडफाँड !

अर्थकागज
प्रकाशित: २७ साउन २०८२
Image description

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको निष्काशन गरेको आईपीओको प्रि अलटमेन्ट आज हुने भएका छ । आईपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले आज बेलुकीपख प्रि अलटमेन्ट गर्ने कार्यक्रम तय गरेको छ । आज प्रि अलटमेन्ट गरी बिहीबार बाँडफाँड गर्ने मिति तोकिएको छ । कहाँ र कति बजे भने अहिले नै टुङगो लागिसकेको छैन् । दरमखोला हाइड्रोपावर कम्पनीसँग सल्लाह गरेर बेलुका मात्र स्थान र समय तय हुने क्यापिटलले अर्थ कागजलाई जनाएको छ ।

कम्पनीले आफ्नो जारी पुँजीको ३८.३३ प्रतिशत अर्थात् प्रतिकित्ता अंकित मूल्य १०० रुपियाँका दरले ३९ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो ।

जसअनुसार पहिलो चरणमा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारी गएका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।त्यस्तै, सर्वसाधारणसमा निष्कासन हुने २९ लाख १९ हजार ५०० कित्ता सेयरमध्ये कम्पनीका कर्मचारीलाई ५८ हजार ३९० र सामूहिक लगानी कोषलाई १ लाख ४५ हजार ९७५ कित्ता सुरक्षित गरी बाँकी रहेको २४ लाख २३ हजार १८५ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको थियो । कम्पनीले साउन १५ गतेदखि साउन १९ गतेसम्म निष्काशन गरेको आईपीओमा माग भन्दा धेरै गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड हुनेछ ।


प्रतिक्रियाहरू

Khageswar kafle

8 months ago

Tpc KO phama Kaha bata hunaxa

सम्बन्धित खबर