नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक
प्रकाशित:
१५ वैशाख २०८१
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ ।
कम्पनीले बीमा प्राधिकरणबाट वैशाख १२ गते स्वीकृत भए अनुसार विभिन्न प्रकारका बीमा योजनाहरूको आर्थिक वर्ष २०७९र८० को बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीले सावधिक तथा आजीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ५१ रूपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस कायम गरेको छ । यस्तै, कम्पनीको बालबालिकाको नौलो केटाकेटी सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ६५ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस पाउनेछन् ।
त्यसैगरी, अग्रिम भुक्तानी सावधिक बीमा योजनामा प्रति हजार न्यूनतम ५० रुपैयाँदेखि पाइनेछ भने जीवन सारथी जीवन बीमा योजनामा प्रतिहजार ६२ देखि ८५ रुपैयाँ सम्म बोनश पाउनेछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares