सूर्यज्योतीको बजार हिस्सा कमजोर बन्दै, के होला कारण ?
प्रकाशित:
२३ साउन २०८१
काठमाडौ । पछिल्लो समय सशक्त बन्नु पर्ने जीवन बीमा कम्पनी सूर्यज्योती लाइफ इन्योरेन्स उल्टै कमजोर बन्दै गएको अवस्था छ । त्यस्तो हुनुले नेपाली बीमा बजारमा एउटा नकारात्मक धक्का दिइरहको देखिन्छ ।
मर्जरपछि नेपाली बीमा बजारमा सूर्यज्योती लाइफले नयाँ सिनर्जी दिने ठूलो आशा थियो । यता शेयर लगानीकर्ताहरुले समेत सूर्यज्योती लाइफले यस आर्थिक वर्षमा राम्रै प्रतिफल दिन्छ भन्ने आशा गरे पनि उनीहरुको सो विश्वासमा तुषरापात भएको छ ।
नेपालका महानायक राजेश हमाललाई ब्राण्डेड एम्बेस्डरको रुपमा नियुक्त गरेकै कारण पनि सूर्यज्योती लाइफ एउटा बलियो कम्पनी हो भन्ने धेरैमा भ्रम कायमै छ । यस्तो हुनुमा सूर्यज्योती लाइफ इन्स्योरेन्स नेपालको चर्चित ब्राण्डेड कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको तुलनामा निकै सुक्ष्म देखिन्छ । नम्बर वान कम्पनी नेपाल लाइफको बजार हिस्सा हाल ३६ प्रतिशतको हाराहारीमा रहदा यता सूर्यज्योतीको भने जम्म साडे पाँच प्रतिशतमा खुम्चिएको अवस्था छ । अब बुझौ एउटा सूर्यज्योती लाइफ इन्स्योरेन्सको बजार हिस्सा भनेको नेपाल लाइफको तुलनामा ६ गुणाले कम हो ।
नेपाल लाइफ र सूर्यज्योती लाइफको तुलना गर्ने हो भने अन्य अधिकांश सूचकहरुमा समानता देखिन्छ । पहिलो कुरा भनेको नेपाल लाइफ र सूर्यज्योती लाइफले गर्ने व्यवसायको प्रकृती एउटै हो । यस अर्थमा सूर्यज्योती लाइफ निकै चोखो वा नेपाल लाइफ बिटुलो भन्नु मुर्खतापूर्ण मात्रै हुन्छ । बीमामा जानकारी नभएको र निहीत स्वार्थका कारण उचालिका केही तत्वहरुले स्वविश्लेषण गर्दै कुनै एउटा कम्पनीको आड भरोसा लिने तथा अर्को ब्राण्डे कम्पनीलाई तथानाम गाली, गलौज, गरेको समेत परिदृश्य वा झलकहरु यताकता देखिने गरेको छ । तर, हामीले अन्तर्राष्ट्रिय अभ्यास र मूल्य मान्यतलाई आत्म साथ गर्ने हो भने समान किसिमका कारोबार गर्ने कुनै पनि कम्पनीहरु एउटा दूधले नुहाएको जस्तो वा अरु फोहोरमा पसेको भन्दै विल्कुल हुँदैन ।
सोही कारण मुख्य कुरा भनेको नेपालको ठूलो कम्पनी नेपाल लाइफका सीईओ भइसकेका व्यक्ती विवेक झा समेत सूर्यज्योतीको संचालकमा टिकेनन् । त्यस्तै, नेपाल लाइफका अर्का संचालक कम्लेस अग्रवालका छोरा जयन्त कुमार अग्रवालले बाध्य भएर सूर्यज्योतीको मर्जरपश्चात नै स्वतन्त्र संचालकबाट बाहिरीएका थिए ।
जनसम्पर्क बलियो रहेका कम्पनीहरुकै बजार हिस्सा बलियो देखिएको बेलामा सूर्यज्योती लाइफ इन्स्योरेन्सले समेत आफ्नो जनसम्पर्कतर्फ गहिरो ध्यान दिनुपर्ने देखिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares