चिरख्वा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका


काठमाडौं । चिरख्वा हाइड्रोपावरको आइपीओमा आवेदन दिनु भयो ? नदिएका आजै दिनुहोला । किन कि आवेदन दिने आज शुक्रबार असोज २६ गते अन्तिम दिन रहेको छ ।
लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार यसमा बिहीबार (असोज २५ गते) साँझ ५ः०७ बजेसम्ममा ८ लाख ७३ हजार १८० जना आवेदकले ९५ लाख ६८ हजार ४३० कित्ताका लागि आवेदन दिइसकेका छन् । यो मागभन्दा ११.१४ गुणा बढी आवेदन हो ।
चिरख्वा हाइड्रोपावरले असोज २३ गतेदेखि सर्वसाधारणका लागि ८ लाख ५९ हजार ३०० कित्ता सेयर आइपीओ बिक्री खुला गरेको हो । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ ।रेटिङ एजेन्सी इक्रा
नेपालले यो आइपीओलाई ‘इक्रा एनपी डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्छ । इक्रा नेपालले २०७९ साल फागुन १ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० साल फागुन १ गतेसम्म बाहल रहनेछ ।
प्रतिक्रियाहरू
Susila karki
1 year ago
I wanted to fil form
Sushila karki
1 year ago
I wa Ted to fill this form
Shares