जैविक उर्जा व्यवसायी संघ नेपालको अध्यक्षमा आदित्य पराजुली, उपाध्यक्षमा कुबेरमणी नेपाल
प्रकाशित:
१९ माघ २०८१
काठमाडौं । जैविक उर्जा व्यवसायी संघ नेपालको अध्यक्षमा आदित्य पराजुली चयन भएका छन् । त्यसै गरी उपाध्यक्षमा उर्जा उद्यमी कुबेरमणी नेपाल चयन भएका हुन् । कार्य समितिको महासचिवमा सुशील ज्ञवाली, सचिवमा गंगा बहादुर कुमाल, कोषाध्यक्षमा नितिश सरिया, सदस्यहरुमा उदय रायमाझी, अम्बिका पोखरेल, पंकज अग्रवाल, चन्द्रमणी भट्टराई, झुमा देणन र सुनिता सरिया चयन भएका छन् । नव गठित केन्द्रिय कार्य समितिको बैठकले पुरानो कार्य समितिलाई स्थापना कालदेखि हालसम्म संस्थाको विकासमा पुर्याएको योगदानको कदर गर्दै धन्यवादको प्रस्ताव पारित गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares