खजुरा गाउँपालिकामा फत्ते बाल आँखा अस्पतालको निःशुल्क आँखा शिबिर, ११ सय बढि लाभान्वित

अर्थकागज
प्रकाशित: ०३ माघ २०८०
Image description

नेपाल नेत्रज्योति संघ फत्ते बाल आँखा अस्पताल नेपालगंज को आयोजनामा बाँके जिल्लाको खजुरा गाउँपालिकामा निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।

पालिकाका नागरिकहरुलाई वडा स्तरसम्म आँखा सेवा पुर्याउने उद्देश्यले अस्पतालको आयोजना र खजुरा गाउँपालिका को समन्वयमा पौष २२ गते देखि माघ ३ गते सम्म गाउँपालिकको सबै वडाहरुमा निशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो ।

उक्त शिविरमा १ हजार १ सय २७ जना बिरामीहरुले आँखा जांच गरि आवश्यक बिरामीलहरुलाई निशुल्क औषधि समेत वितरण गरिएको थियो । शिबिरमा आँखा जाँच गरिएका बिरामीहरु मध्यम २ सय ८४ जना बिरामीहरुमा मोतिबिन्दुको समस्या देखिएको छ । अस्पतालका बाह्य कार्यक्रम अधिकृत उमेर अहमद सादिकले मोतिबिन्दु देखिएका सम्पुर्ण बिरामीहरुलाई सहुलियत दरमा शल्यक्रियाका लागि फत्ते बाल आँखा अस्पताल नेपालगन्ज जाने सल्लाह दिइएको बताए ।

निशुल्क आँखा शिविर संचालनमा सहयोग र प्रभावकारी प्रचारप्रसारका लागि सम्बन्धित स्वस्थ चौकीका प्रमुख, कर्मचारीहरु र स्वयंसेविकाहरुले समेत महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।

फत्ते बाल आँखा अस्पतालका प्रबन्ध निर्देशक डा. कौशलकुमार बर्माले आँखा शिविरलाई निरन्तरता दिंदै यहि माघ ७ गते देखि १० गते सम्म बैजनाथ गाउँपालिकको सम्पूर्ण वडाहरुमा निशुल्क आँखा शिविर संचालन गर्न लागिएको बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर