बरुण हाइड्रोपावर नोक्सानीमा

प्रकाशित:
२२ कात्तिक २०८०

काठमाडौं । बरुण हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ करोड ९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । जलविद्युत आयोजना बाढीले पूर्ण क्षति पुर्याएका कारण विद्युत उत्पादन गर्न नसकेकोले नोक्सानी व्यहोरेको हो । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ९९ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीले सञ्चालन गरिरहेको हेवा खोला साना जलविद्युत आयोजना स्थलमा गत असार २ गते गएको बाढीले पूर्ण क्षति पुर्याएका कारण विद्युत उत्पादन गर्न सकेको थिएन ।
असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६६ पैसा ऋणात्मक बनेको छ । प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ २५ पैसा छ । चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares