नेपाललाई हराउँदै म्यानमारले जित्यो उपाधि
प्रकाशित:
१३ फागुन २०८१
काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाललाई हराउँदै म्यानमारले उपाधी जितेको छ । उपाधिका लागि आज (बुधवार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा म्यानमारले खेलको दोस्रो हाफमा २-० गोलअन्तरले उपाधी जितेको हो ।
६२औं मिनेटमा लेफ्टसाइडबाट यु पर कियाङले गोल गर्दै म्यानमारलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि विङ तेइन्जी तुनले म्यानमारको अग्रता दोब्बर पारेकी थिइन् । लिग चरणमा अपराजित रहँदै फाइनलमा स्थान बनाएका नेपाल र म्यानमार यसअघि पनि एकअर्कासँग भिडिसकेका थिए ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares