५ वटा प्रदेशका केही भूभागमा वर्षा र २ प्रदेशका उच्च क्षेत्रमा हिमपातको सम्भावना

अर्थकागज
प्रकाशित: ०७ चैत २०८१
Image description

काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुकोसमेत आंशिक प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) कोसी तथा मधेस प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोसी, लुम्बिनी, मधेस प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने अनुनमान छ। आज कोसी, मधेस, बागमती गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा देशका बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यसैगरि गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर