नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

अर्थकागज
प्रकाशित: २२ वैशाख २०८३
Image description

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर पारेर नि:शुल्क स्वास्थ्य सिविर एवम् देशैभर बृहत् रक्तदान कार्यक्रम सफलतापूर्बक सम्पन्न गरेको छ।

यहि मिति २०८३ बैशाख २१ र २२ गते कम्पनीले आफ्नो प्रधान कार्यालयको प्राङ्गणमा नि: शुल्क स्वास्थ्य सिविर सञ्चालन गरेको थियो। स्वास्थ्य परीक्षण सेवा RB Diagnostic मार्फत प्रदान गरिएको थियो। सिविरमा इसिजी, थाइराइड, सुगर, प्रेसर, एसजिपिटी, कोलस्ट्रोल, यूरिक एसिड लगायतका नि:शुल्क चेकजाँच तथा बिज्ञ डाक्टरहरुबाट नि:शुक्ल परामर्श सुविधा प्रदान गरिएको थियो। २ दिने यस शिविरबाट कुल ६०१ जनाले प्रत्यक्ष लाभ लिएका छन्।

यससँगै कम्पनीले देशभरका ७ वटै प्रदेशका १३ स्थानमा बृहत् रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ।

कार्यक्रममार्फत कोशी प्रदेशको इटहरीमा ३०, मधेश प्रदेशको वीरगञ्जमा २५, जनकपुरमा २५, बागमती प्रदेशको काठमाडौँमा ७८, नारायणगढमा ८१, नुवाकोटमा ३९, हेटौंडामा २६, बनेपामा ३२, गण्डकी प्रदेशको पोखरामा ५५, लुम्बिनी प्रदेशको बुटवलमा ३३, भैरहवामा ३४, कर्णाली प्रदेशको सुर्खेतमा २५ र सुदूरपश्चिम प्रदेशको धनगढीमा ३३ गरी कुल ५०५ पिन्ट रगत संकलन गरिएको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर