हिमालयन बैंकले सेयरधनीले लाभांश नदिने, यस वर्ष पनि सभा हलको ढोकामा भोटे ताल्चा लगाएर साधारणसभा गर्ने कि ?

अर्थकागज
प्रकाशित: ०३ पुस २०८०
Image description

काठमडौं । हिमालयन बैंकले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । पुस ४ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष  २०७९/८० मा लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सेयरधनीलाई लाभांश नदिएपनि संचालक, व्यवस्थापन र कर्मचारी खर्चमा भने बैंकले करोडौं रुपैयाँ खर्च गर्दै आईरहेको छ । कम्पनीको बैठकले सेयरधनीलाई लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

संचालकहरु र उच्च पदका कर्मचारीहरुले बैंकको नाफाबाट धेरै भन्दा धेरै सुविधा लिदै आईरहेको छन् । साधारणसभा सेयरधनीले बैंकको अवस्था र व्यवस्थापनको व्यवस्थाको चर्काे विरोध गर्ने भएपछि सभाहलमा भोटे ताल्चा लगाएर विगतका वर्षहरुको एजिएम गर्ने गरेको छ ।

गत वर्षको ८ प्रतिशत बोनस सेयर र ११.११ गरी कुल १९.११ प्रतिशत लाभांश दिएको थियो । गत वर्ष १९ .११ प्रतिशत लाभांश दिँदा त सभा हलमा भोटे ताल्चा लगाएर साधारणसभा गरेको हिमालयन बैंकले सेयरधनीलाई लाभांश नदिएको यस वर्षको साधारणसभा कसरी गर्ने हो ? हेर्न भने बाँकी छ ।


प्रतिक्रियाहरू

Narendra Man shrestha

2 years ago

भ्रमपुर्ण समाचार गत बर्ष ताला लगायर सभा गरेको होइन । सभा समाप्त भए पछि ढाेका लगाएकाे हाे । ढिला अायर लन्च खान नपाएको ले हल्ला गरेकाे । म सभामा सुरु देखि नै त्यहीँ थियो ।

सम्बन्धित खबर